२०८२ चैत्र ६ , शुक्रवार

ब्रिटिस काउन्सिलद्वारा कनेक्सन थ्रु कल्चरू अनुदान २०२५ का लागि आवेदन आव्हान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ब्रिटिस काउन्सिलले कनेक्सन थ्रु कल्चर (सिटिसि( संस्कृतिका माध्यमबाट संयोजन) अनुदान २०२५ आरम्भ भएको घोषणा गरेको छ। सिटिसिअन्तर्गत ब्रिटिस काउन्सिलले नेपाली कलाकारहरू, सांस्कृतिक कर्मीहरू र सृजनात्मक कार्यमा संलग्न संस्थाहरूलाई बेलायतका साझेदारहरूसँग सहकार्य गर्न अनुदानका लागि आवेदन दिन आव्हान गरेको छ। विश्वव्यापी सहकार्यको आवश्यकता अहम् भएको अहिलेको परिस्थितिमा, यस कार्यक्रमले नेपाल तथा अन्य देशका सिर्जनात्मक समुदायलाई जोड्ने परियोजनाहरूलाई १०,००० पाउन्ड स्टर्लिङ ९करिब १८ लाख २० हजार नेपाली रुपैयाँ० सम्मको अनुदान दिने छ। यो कार्यक्रम अन्तरगत विभिन्न देशका कलाकर्मीहरूको संयुक्त कला कार्यशाला (ज्वाइन्ट रेसिडेन्सी), संयुक्त सिर्जनाहरूको प्रदर्शनी, मञ्चन, अनुसन्धान, र डिजिटल कथा वाचनजस्ता परियोजनालगायतका त्यस्ता पहलहरूलाई सहयोग गरिनेछ जसको उद्देश्य आपसी समझदारी बढाउने, नवीन संवाद सुरु गर्ने, र दीर्घकालीन अन्तर्राष्ट्रिय साझेदारीहरू निर्माणको हुनेछ।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले यससम्बन्धीमा भन्नुभएको छस् “यस कार्यक्रमले दुवै देशका कलाकर्मी र कलासम्बन्धी संस्थाहरूलाई साझा भविष्यको कल्पना गर्न सशक्त बनाउँछ। साझा सृजनात्मकता र आपसी सम्मानमार्फत, अन्तरदेशीय सार्थक साझेदारी विस्तार भएको हामी देख्दै छौँ र यसको प्रभाव दीर्घकालीन हुनेछ।” यो कार्यक्रमको सन् २०२५ संस्करणमा नेपालसहित बेलायत र एसिया(प्यासिफिक तथा युरोपका १९ साझेदार देशहरूबाट आवेदक खुला गरिएको छ। यस वर्ष ब्रिटिस काउन्सिलले विशेष गरी जलवायु परिवर्तन, विविधता तथा समावेशिता, र कलामा समानताजस्ता विश्वव्यापी विषयहरूमा केन्द्रित कला कर्मलाई प्राथमिकता दिँदै करिब ९० परियोजनालाई अनुदान दिने लक्ष्य राखेको छ। ब्रिटिस काउन्सिल साउथ एसियाकी क्षेत्रीय कला निर्देशक जिल रिचेन्सले भन्नुहुन्छस् “कनेक्सन थ्रु कल्चर अनुदान भन्दा पनि सृजनशीलता, सहकार्य, र परिवर्तनको उत्प्रेरक हो। हामी त्यस्ता परियोजनाहरूलाई सहयोग गर्न पाउँदा गर्व गर्छौँ जसले कलात्मक नवप्रवर्तन मात्र होइन, संस्कृतिहरू र समुदायहरूबिच सेतु निर्माण गर्छन्।”

प्रमुख जानकारी:
.   आवेदन खुल्ने मितिस् २८ अप्रिल २०२५
.   अन्तिम म्यादस् २३ जून २०२५ ९१५: बेलायती समय)
.   अनुदान राशिस् £५,००० वा £१०,००० सम्म
.   परियोजना सुरु हुने मिति: अक्टोबर २०२५
नेपालका दृश्यकला (भिजुअल आर्ट), साहित्य, चलचित्र, सङ्गीत, मञ्चन गरिने कला (पर्फर्मिङ आर्ट), डिजिटल मिडिया, सम्पदा, फेसन, वास्तुकला लगायत विभिन्न विधामा काम गरिरहेका कलाकारहरू र संस्थाहरूलाई आवेदन दिन प्रोत्साहित गरिएको छ। परियोजनाहरू प्रत्यक्ष, डिजिटल वा मिश्रित (हाइब्रिड) ढाँचामा हुन सक्छन्, र आवेदकहरूलाई निर्धक्कताका साथ सहकार्यमा आधारित प्रस्ताव ल्याउन प्रोत्साहित गरिन्छ।

🔗 आवेदनका लागि: https://britishcouncilarts.grantplatform.com/
🔗 थप जानकारी तथा यस अघिका परियोजनाका लागिस् https://arts.britishcouncil.org/projects/connections-through-culture-grants रचनात्मकता मार्फत अझ बढी संयोजित संसार निर्माण गरौँ।

ब्रिटिस काउन्सिलका बारेमा
ब्रिटिस काउन्सिल बेलायतको अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध तथा शैक्षिक अवसर प्रवर्द्धन गर्ने संस्था हो। हामी बेलायत र विश्वभरका मानिसहरूबिच सम्बन्ध, समझदारी र विश्वास निर्माण गरी शान्ति र समृद्धिमा सहयोग पुर्‍याउँछौँ। यी काम हामी कला, संस्कृति, शिक्षा र अङ्ग्रेजी भाषामार्फत गर्छौँ। हामी विश्वका २०० भन्दा बढी देश र क्षेत्रहरूमा काम गर्छौँ र १०० भन्दा बढी देशहरूमा हाम्रो भौतिक उपस्थिति छ। । सन् २०२२–२३ मा हामीले ६० करोड मानिसहरूलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवा पुर्‍याएका थियौँ।