
सुनाखरी न्युज/ काठमाडौं ।
बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ मन्दिर सिँगारिएको छ । २५६९ औँ बुद्ध जयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगारिएको हो ।यसपालिको बुद्ध जयन्ती सोमबार ( भोलि) परेको छ ।
स्वयम्भूनाथ मन्दिरमा पनि बुद्ध जयन्ती धूमधामका साथ मनाउने गरिन्छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।

