
सुनाखरी न्युज/ काठमाडौं ।
गिजाबाट रगत बग्ने समस्याबाट धेरै मानिस पीडित हुन्छन् । यसो हुनुमा विभिन्न कारण हुन्छन् । दाँत र गिँजाको नियमित सफाइ नगर्नु, मुखमा संक्रमण हुनु, भिटामिन सी को कमी, ल्युकेमिया जस्ता कारणले गिजाबाट रगत बग्नसक्छ । गिजाबाट रगत बग्ने समस्या धेरैलाई सामान्य लाग्न सक्छ । तर, यसको परिणाम निकै जटिल पनि हुने भएकाले सचेत हुन जरूरी छ ।
गिजालाई स्वस्थ राख्न र गिजाबाट रगत बग्न नदिन मुखको सफाइमा ध्यान दिने, नियमित रुपमा दाँत माझ्ने, अमिलो फल नियमित रुपमा खाने, दूधको नियमित भोजन, हरियो सागपातका साथै ल्वाङ, पदिना पनि गिजाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । सूर्ति सेवनले समेत गिजालाई खराब गर्ने भएकाले सुर्तिको सेवन त्याग्नुपर्छ । भिटामिन सी को कमीका कारण पनि गिजाबाट रगत बग्ने भएकाले भिटामिन सी पाइने अमिला फल जस्तै सुन्तला, कागती खानुपर्छ । त्यस्तै तरकारीमा ब्रोकाउली, बन्दागोभीको नियमित सेवन गर्नु आवश्यक छ ।
किन आउँछ गिजाबाट रगत ?
-कडा ब्रस र धेरै बलको प्रयोग
हामीले ब्रस त गर्छौं तर कस्तो ब्रस प्रयोग गर्नुपर्छ ख्याल गर्दैनौं। गिजाको छाला पातलो हुने भएकोले कडा ब्रस र धेरै बल प्रयोग गर्दा गिजाको छालामा घाउ हुने र रगत आउने समस्या देखिन सक्छ।
-आहारमा भिटामिनको कमी
हामीले खाने आहारमा सही मात्रामा भिटामिन नपुग्दा यसको कमीले आउने गिजा सम्बन्धी समस्या निम्तिने गर्छ।
– वंशाणुगत रोग
शरीमा हुने वंशाणुगत रोग जस्तै हेमोफिलिया , वन विलब्रान्ड डिजिज दिले पनि गिजाबाट रगत आउने समस्या निम्ताउन सक्छ।
– नियमित औषधि सेवन
मुटुका बिरामीलाई रगत पातलो गराउन प्रयोग हुने औषधि सेवनले गर्दा गिजाबाट रगत आउने समस्या देखिन सक्छ।
रोकथामका उपाय
– मौखिक स्वास्थ्यमा ध्यान
स्वस् मुख ,स्वस्थ स शरीर। त्यसैले खाना खाएपछि नियमित ब्रस गर्ने बनि बसाल्नुपर्छ। दुई दाँतको बीचको फोर सफा गर्न डेन्टल फ्लसको प्रयोग गर्नुपर्छ।
– नरम ब्रस र सही मात्रामा बल प्रयोग
ब्रस गर्दा नरम ब्रस प्रयोग गर्ने गर्नुपर्छ। ब्रसको माथिल्लो भागलाई ब्रसिङ सरफेस भनिन्छ। ब्रस गर्दा यो भाग आधि दाँत र आधि गिजामा पर्ने गरेर राख्नु पर्छ ।ब्रस गर्ने भन्दैमा धेरै बल र समय नलगाउने।
– गिजाको मसाज
धेरैलाई गिजाको मसाजबारे थाह नहुन सक्छ। ब्रस गरेपछि सफा औंलाले गिजालाई मसाज गर्न सकिन्छ। यसोगर्दा गिजामा रगतको प्रवाह बढ्छ र रगत आउने समस्या कम हुँदै जान्छ।
– भिटामिनको प्रयोग
भिटामिन सि र के बढी मात्रामा पाइने खाने कुराहरुको सेवन गर्ने
– डेन्टल चेकअप
६ महिनामा एकचोटी आफ्नो दाँत सफा गर्न डेन्टल भिजिट गर्ने।