
सुनाखरी न्युज/ काठमाडौँ ।
सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।