२०८२ फाल्गुन २८ , बिहिवार

१२ जना नेपाली नागरिकहरुलाई म्यानमारबाट उद्धार गरी थाइल्याण्ड हुदै नेपाल फर्काइए

Capture

सुनाखरी न्युज/ काठमाडौं।

अनलाइन स्क्यामिङ्ग कार्यमा लगाइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुदै थाइल्याण्ड ल्याई ज्ञ जना महिला र ११ जना पुरुषहरुलाई आज मिति द्दण्ड२ बैशाख २४ गतेका दिन नेपाल फर्काइएको छ। नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत बैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनस् अनुरोध गर्दछ । साथै, आमसंचार माध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन नेपाली राजदूतावास बैकक हार्दिक अनुरोध गर्दछ।