२०८२ फाल्गुन २६ , मंगलबार

खाली पेटमा के खानु राम्रो र के खानु नराम्रो ?

OIP (1)

सुनाखरी न्युज/ काठमाडौं ।

खाली पेट स्वस्थकर खानेकुराहरू खानु शरीरका लागि निकै लाभदायक हुन सक्छ। बिहान उठेपछि वा लामो समय खाली पेट रहँदा के खानुपर्छ भन्ने कुरा पाचन प्रणाली, ऊर्जा स्तर, र समग्र स्वास्थ्यमा प्रभाव पार्न सक्छ।खाली पेट स्वस्थ राख्न सही खाना खानु महत्त्वपूर्ण हुन्छ। बिहान खाली पेट यी खानेकुरा खानु राम्रो मानिन्छ:

-भिजाएको बदाम वा चना  (पेटलाई हल्का राख्छ,प्रोटिन र फाइबरले भरपूर हुन्छ)

-मह मिश्रित पानी  (पेट सफा गर्छ,बोसो कम गर्न मद्दत गर्छ,इम्युनिटी बढाउँछ)

-एप्पल भिनेगर पानी  (तौल घटाउन सहयोगी,एसिडिटी कम गर्छ)

-ओट्स वा चिउरा  (फाइबरयुक्त भएकाले पाचन सुधार्छ)

यी थिए खाली पेटमा खान हुने खानेकुराहरु भने खान नहुने पनि हामि चर्चा गर्छौ। जस्तै

-चिया कफी (पाचनतन्त्रमा हाइड्रोक्लोरिक एसिडको स्राव बढ्न जान्छ । कतिपयको पेटमा दुखाइ पनि सुरु गर्न सक्छ ।)

काँचो तरकारी  (स्वास्थ्यको लागि हानिकारक छ ।)

-केरा  (शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रा बढ्न जाँदा शरीरमा अनेक समस्या हुन सक्छ ।)

– चिसो पेय पदार्थ (खाली पेटमा चिसो पेय पदार्थ खानु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ )

-दही (पेटमा अपचको समस्या बढ्छ ।)