२०८२ फाल्गुन २७ , बुधवार

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

781139d4-8769-423d-b8c1-04c9364b958e.jpg

सुनाखरी न्युज/ काठमाडौं।

पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ । कतार एयरवेजले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तानमा उडान बन्द गरिएको जानकारी गराएको हो।

‘एयरलाइनले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा राख्न जारी राख्नेछ’, कम्पनीले भनेको छ। एयरलाइन्सले यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकता दिने उल्लेख गर्दै, प्रभावित उडानहरूको पछिल्लो जानकारीका लागि आफ्नै आधिकारिक वेबसाइट हेर्न अनुरोध गरेको छ।

यस्तै एअर फ्रान्स एअरलाइन्सले अर्को सूचना नभएसम्मका लागि पाकिस्तान जाने उडानहरू स्थगित गरेको र केही गन्तव्यहरूको लागि आफ्नो उडान योजनाहरू परिवर्तन गरिरहेको बताएको छ ।

गएराति भारतले पाकिस्तान लक्षित सैन्य आक्रमण गरेपछि पाकिस्तान र भारतबीच सैन्य तनाव चुलिएको छ। तनावपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।