
सुनाखरी न्युज/ काठमाडौं ।
पोखराको फेवा तालमा डुंगा चलाएर कायकिङ (एक्लै बसेर तालमा डुंगाबाट गरिने यात्रा) गरिरहेका केही व्यक्तिहरू अलपत्र परेका छन् ।केहीबेरअघि तालको बीचमा पुगेर केही व्यक्तिहरू अलपत्र परेका हुन् । उनीहरूको अहिले उद्धारको काम भइरहेको छ । उनका अनुसार कति व्यक्ति अलपत्र परेका छन् भन्ने थाहा भइसकेको छैन ।‘अहिले हामी उद्धारको काममा छौं, कति व्यक्ति बीचमा फसेका छन् भन्ने थाहा भइसकेको छैन,’ एसपी तिमल्सिनाले अनलाइनखबरसँग भने ।