
सुनाखरी न्युज/ काठमाडौं ।
ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको धर्नामा सहभागी एक युवक बताउँछन् ।सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् । भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेको धर्नमा सहभागी एक युवक निराजन सिंहले अनलाइनखबरलाई जानकारी दिए ।