२०८२ फाल्गुन २४ , आइतवार

सडक भासिएर बेपत्ता भएको गाडी अझै भेटिएन, खोजी जारी

missing-di-van-hetauda-1024×775-1746253089

सुनाखरी न्युज/ काठमाडौं ।

हेटौंडा उपमहानगरपालिका १६ गैरीगाउँ माछापोखरीमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभर खोजी गर्दा पनि फेला परेको छैन। भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी ( भ्यान)  सडक भासिँदा हराएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ । गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर जोगिएका छन् । ‘गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । मान्छेले तानेर कहाँ हुन्थ्यो र ?  डोरीसहितै गयो नि’, घटनास्थलमा रहेका सहचालकले भने, ‘हामी हाम फालेर जोगियौं ।’

घटना शुक्रबार दिउँसोको हो । गाडी भासिएको करिब ५ सेकेण्डमै गाडी हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गाडी डुबेको नजिकै माछापालनका लागि भनेर खनेको बोरिङ पनि रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि धसिएको छ ।माछापालन गर्दै आएका राईको आफ्नै गाडी रहेको डीएसपी अर्यालले बताए । राईले माछापालन गरिरहेको पोखरीमा पनि पानी सुकाएर गाडी खोज्ने बताएको अर्यालले जनाए । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । बोरिङ पनि भासिएको छ ।