२०८२ फाल्गुन २८ , बिहिवार

अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज बिहान अर्थ मन्त्रालयमा भेट भएको हो । त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी हितलगायत विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
रासस