
सुनाखरी न्युज/ काठमाडौं ।
बिश्वकर्मा समाज पर्वत, स्याङ्जा र कास्कीको आयोजना एवं पोखरा महानगर पालिका वडा नं १० को आर्थिक ब्यवस्थापनमा ३ दिने महिला शशक्तिकरण र भाषणकला तालिम उद्घाटन समाजका अध्यक्ष चन्द्र किशोर गौतम सभापतित्व र वडा नं १० का वडा सदस्य पुर्ण चन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
अध्यक्ष चन्द्रकिशोर गौतमले समाजले समाजका हरेक तहमा रहेका बिश्वकर्माहरुलाई संगठित गर्दै विभिन्न प्रकारका तालिम दिई शशक्त रुपमा अगाडि बढाईरहेका छौँ ।अहिले हामीले १० नं वडा को सहयोगले महिलालाई दक्ष बनाउनुपर्छ कलायुक्त बनाउनुपर्छ भनेर लागि रहेका छौ।यसमा आजका प्रमुख अतिथि ज्यु मार्फत वडा परिवारलाई धन्यवाद दपन चाहन्छु । निरन्तर ३ दिनसम्म सहभागी बन्न प्रशिक्षार्थी हरुलाई अनुरोध गर्दछौं भन्नुभयो ।
प्रमुख अतिथि पुर्ण चन्द्र न्यौपानेले समाजका कृयाकलाप लाई हेरेर हामीले अन्तिम समयमा भए पनि थोरै सहयोग गर्नपायौ,आगामी दिनमा सीप मुलक आए मुलक तालिम संचालनका लागि सहयोग गर्ने र उपयुक्त समयमा उचित योजना पेश गर्न समाजलाइ अनुरोध गर्दै समाजमा रहेका कुरिति कुसंस्कार हटाई समतामूलक समाज निर्माणमा सहयोग पुग्नेछ भन्नुभयो ।
यसैगरी समाजका शिक्षा समितिका संयोजक प्राध्यापक कृष्ण सुनारले समाज राम्रो कार्यहरु लिएर सकारात्मक रुपमा अगाडि बढिरहेको छ।तालिमले सबल सक्षम ब्यक्तित्व निर्माणमा सहयोग पुगोस भन्नुभयो ।सल्लाहकार तोलाकान्त सुनारले आजको कार्यक्रमको महत्त्व बारेमा बुझ्न पाईयो ।समाज सबैलाई समेटेर अगाडि बढोस हामी जान्न बुझ्न धेरै छन भन्नुभयो।समाजका सल्लाहकार एवम् अक्षयकोष दाता सुनचाँदी ब्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र बिश्वकर्माले समाजले निरन्तर तालिम लगायत धेरै राम्रा कामहरु गरेको छ।यश प्रकारका तालिमले प्रत्येक ब्यक्तिलाई सक्षम बनाउछ। ब्यक्तिसक्षम भएमा समाज पनि बलियो हुने बिचार ब्यक्त गर्नुभयो ।
महिला शशक्तिकरणको तालिम अधिवक्ता अन्जनी परियार प्यासीले प्रदान गर्नु भएको थियोे ।तालिममा सहभागी दिदिबहिनीहरुले उत्सुकता पुर्वक भाग लिनुभएको थियोे ।प्रशिक्षक अधिवक्ता हुदा अझै कानुनी कुराहरुको जानकारी भएको थियोे। कार्यक्रम संचालन सचिव भिम बहादुर रसाइलीले गर्नुभएको थियोे भने स्वागत मंतब्य उपाध्यक्ष श्याम रसाइलीले गर्नुभएको कार्यक्रम ३ दिनसम्म चल्नेछ र कार्यक्रममा भोलि पोखराका बरिस्ठ रेडियो कर्मी दिपेन्द्र श्रेष्ठले तालिम दिनेकुरा सचिव भिम बहादुर रसाइलीले जानकारी दिनुभएको थियो ।