
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाले बालाजु माछापोखरीमा साना किसान र तरकारी व्यापारीहरूलाई व्यवस्थित बनाउन सडक किनारामा व्यापार गर्न नदिएपछि नुवाकोटको ओखरपौवाका स्थानीय आन्दोलित बनेका छन् । शुक्रबार बिहान करिब ५ः२५ बजे काठमाडौँको माछापोखरी क्षेत्रबाट हटाइएका तरकारी व्यवसायीप्रति ऐक्यभाव प्रकट गर्दै करिब ४०–५० जनाको स्थानीय समूहले सडकमा तरकारी राखेर अवरोध गरेका हुन्।
काठमाडौँ महानगरका मेयर बालेन शाहले तरकारी बेच्न नदिएको भन्दै उनीहरुले सडकमै तराकारी राखेर विरोध गरेका हुन् । लगत्तै प्रहरी चौकी ओखरपौवाबाट प्रहरी सहायक निरिक्षक रुपक थापाको कमाण्डमा ७ जना र प्रहरी चौकी ककनीबाट प्रहरी निरिक्षक कुमार बहादुर खडकाको कमाण्डमा ५ जनाको टोलीले सडक सुचारु गराएको जनाइएको छ ।
हरेक बिहान साना किसानले सडकले तरकारी तथा कृषि उपज बेच्दै आएकामा केही अघि महानगरले हटाएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरीले नियन्त्रणका लागि सुरक्षा टोली परिचालन गरेको छ। प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।