
सुनाखरी न्युज/ काठमाडौं ।
एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (TMS) २०८२ वैशाख १४, (April 27, 2025) देखि औपचारिक रुपमा संचालनमा ल्याएको छ । शेयर कारोवारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध छ । नयाँ TMS को सुरुवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणाली मार्फत लगानीकर्ताहरुले अनलाइन मार्फत शेयर खरिद÷बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिनेस ]; Real-time order placement and portfolio tracking सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ । N.I.M.B. Stock Markets Ltd,नेपाल धितोपत्र बोर्ड (SEBON) बाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पु¥याउँदै आएको छ । उक्त नयाँ प्रणाली पहुँचका लागिः https://tms.nimbstock.com.np/atsweb/login