
सुनाखरी न्युज/ काठमाडौं ।
सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज पनि बार्ता हुदैँछ । हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः बार्ता हुन लागेको हो । सो बार्ता शिक्षा मन्त्रालयमा हुनेछ ।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रिपरिषदवाट निर्णय गराउने योजना रहेको छ ।
दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः वार्ता हुन लागेको हो । यद्यपि, वार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने नयाँ बानेश्वर / माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिए ।