
सुनाखरी न्युज/ काठमाडौं ।
भारतको जम्मू–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणको क्रममा सुदीप न्यौपानेको हत्याविरुद्ध जनकपुरधाममा विशाल विरोध प्रदर्शनका साथै पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको छ ।नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा मंगलबार जनकचोकमा सो आतंकवादी आक्रमणको विरुद्धमा विशाल प्रदर्शन र पाकिस्तानी सेना प्रमुखको पुतला दहन भएको हो ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठ, संजय चौधरी, संजय सिह, राम जीवन साह, अभियानी चुरे संघर्ष समितिका प्रतिनिधिहरू, स्थानीय अगुवा तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।
प्रमुख सहभागीहरूमा पूर्वजिसस उपप्रमुख दीपक झा, जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर(३ वार्ड अध्यक्ष दीपेन्द्र साह, नेता चन्देश्वर साह, सुनिल यादव, कृष्णकुमार साह लगायत थिए ।
कार्यक्रममा हिन्दू तथा मुस्लिम समुदायका युवाहरू स्वस्फूर्त रूपमा सहभागी भएर एकताको सन्देश दिँदै पाकिस्तान र आतंकवादका विरुद्ध एकजुट भएर आवाज उठाएका थिए । कार्यक्रम संयोजकद्वारा यस घटनालाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पहल गरिने प्रतिबद्धता पनि जनाइएको थियो ।