२०८२ फाल्गुन २८ , बिहिवार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भोजपुर, साल्पासिलिछो गाँउपालिका-६ ओखरबोटे बस्ने भुपाल राईको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी भोजपुर, अरूण गाउँपालिका-७ ढुंगेगाउँ बस्ने लोकेन्द्र बहादुर रम्तेलको गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका-२ चोकपुर बस्ने अम्बर बहादुर तामाङको घरमा आइतबार बिहान आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । गुल्मी, धुर्कोट गाउँपालिका-३ तिर्भु बस्ने अनन्त बहादुर बस्नेतको गोठमा आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

रासस