
सुनाखरी न्युज/ काठमाडौं ।
सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको सभामा राजावादी समूहका शीर्ष नेताहरू एकठाउँ जम्मा भएका छन् । यसअघि दुई चिरामा विभाजन भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लामो समयपछि एकै ठाउँ देखिएका छन् ।उनीहरूले एउटै मञ्च सेयर गरे । अंकमाल गरे । र, पछिल्लो पटक बढ्दै गएको राजावादी आन्दोलनलाई समेत बल पुग्नेगरी एकताको सन्देश नै जारी गरे । दुवै नेताले एकढिक्का भएर अघि बढ्नुपर्ने तर्क अघि सारेका छन् । दुवैलाई सभालाई सम्बोधन गर्दै एक हुनुको विकल्प अब नभएको पनि बताएका छन् ।सँगसँगै गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको माहोल र १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनयता फरकफरक अभियानजस्तो चलाएका नेताहरू पनि एक ठाउँमा देखिएका छन् । उनीहरू सबैले एक भएर अघि बढ्ने संकल्प समेत गरेका छन् ।
रासस