
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भन्डारीज्यूको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष कुमुद दुगडज्यूको सभापतित्वमा नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा होटल हिल्टन, काठमाडौंमा वैशाख १२ गते सम्पन्न भयो ।यस अवसरमा माननीय मन्त्री दामोदर भण्डारीज्यूको उपस्थितिमा नेपाल मैदा उद्योग संघ र भारतको Agriwatch कम्पनी बिच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श शेवाहरु प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरियो । (Satellite) को प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्न निजी क्षेत्रको प्रयासमा पहिलो पटक यो सम्झौता भएको छ । वैज्ञानिक आधारमा बालीको तथ्यांक, किसानहरूको समस्याको गहिरो बुझाइ, र लक्षित समाधानहरू लागू गरेर, नेपालले आगामी तीन वर्षभित्र गहुँमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने ठूलो सम्भावना राख्दछ । यो महत्वाकांक्षी लक्ष्य हासिल गर्न नेपाल सरकार र सबै सरोकारवालाहरूको निरन्तर बलियो समर्थन र सहकार्य अत्यन्त आवश्यक हुनेछ।
यस सम्झोैताबाट नेपालले लिन सक्ने फाईदाहरु,
क) कृषि बजार सूचना र विश्लेषण : नेपालको कृषि वस्तुहरूको मुल्य संकलन गर्छ । यसले दैनिक, साप्ताहिक, र मासिक रिपोर्टहरू मार्फत बजार विश्लेषण प्रदान जसले कृषक र व्यापारीलाई निर्णय लिन सहयोग र्पुयाउँछ ।
ख) कृषि वस्तु अनुसन्धान र परामर्श : कम्पनीले कृषि वस्तुहरूको अनुसन्धान र परामर्श सेवाहरू प्रदान गर्दछ, जसमा उत्पादन, उपभोग, आयात र निर्यात विश्लेषण, र बजार प्रवृत्तिहरू समावेश छन्। ।
ग) कृषि निवेश अध्ययन र सल्लाह :बीउ, मल, र अन्य कृषि निवेशको अध्ययन र सल्लाह प्रदान गर्दछ । कृषकहरूलाई उपयुक्त वालि छनोट गर्न मद्दत गर्दछ ।
घ। डिजिटल कृषि समाधानहरू : डिजिटल कृषि समाधानहरू जस्तै एआइ आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श, र बजार जडान सेवाहरू प्रदान गरी कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउनका साथै देशको यथार्थ कृषि तथ्याङ्क निकाल्छ । जसले गर्दा नेपालमा कृषिको उत्पादन आयात निर्यात र भोलिको दिनमा नेपाल सरकारले अपनाउन पर्ने कृषि रणनीतिको बारेमा सहजीकरण गर्दछ ।
ङ) कृषि समाचार र जानकारी : एग्रीवाचले कृषि सम्बन्धी ताजा समाचार, वस्तु मुल्यहरू, र बजार रिपोर्टहरू प्रकाशित गर्दछ, जसले कृषक र अन्य सरोकारवालाहरूलाई अद्यावधिक जानकारी प्रदान गर्दछ ।
साथैे यस कार्यक्रमको अर्को प्रमुख उपलब्धि भनेको भारत सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (National Cooperative Expert Limited –NCEL) का प्रबन्ध निर्देशक उनुपम कौशिकको उपस्थिति रहेको थियो । भारत सरकारले कृषि क्षेत्रको प्रबद्र्धन र कोटा निर्यात लगाएत कृषि संग सम्बन्धित विषयमा NCEL लाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने हुंदा भारतको औद्योगिक बस्तु निर्यातमा NCELको ठुलो हात रहेको छ । भारतले नेपाललाई दिएको २ लाख टन गहुं लगाएत विगतमा चिनी लगाएतका खाद्यान्न नेपाल आयात गर्दा NCEL मार्फतनै आर्यात गरिएको थियो । NCELर नेपालको सम्बन्धमा अझ प्रगाढ ल्याउने उद्देश्य अनुरुप प्रबन्ध निर्देशकलाई संघको विषेश अनुरोधमा नेपाला आमन्त्रण गरिएको हो । साथै सभामा नेपालकै जेठो मैदा उद्योग खाद्य उद्योग लिमिटेड र संघको संस्थापक अध्यक्ष श्री रविन्द्र बहादुर श्रेष्ठज्यूलाई दोसल्ला ओढाई सम्मान गरियो ।