२०८२ फाल्गुन २४ , आइतवार

काठमाडौं महानगरमा आज शोक बिदा

Kamanapa

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । महानगरले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका सबै कार्यालयमा शोक बिदा रहेको जनाएको छ ।

पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको शोकमा महानगरपालिकाले शोक बिदा दिएको हो ।

 

 

नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री समेत भइसकेका तीर्थरामको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।

डंगोलको शनिबार नै नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका उनी विसं २०६२-६३ को प्रतिगमनविरुद्धको जनआन्दोलनमा काठमाडौंमा नेतृत्व गरेका व्यक्ति हुन् । डंगोल विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य पनि थिए ।