२०८२ फाल्गुन ३० , शनिवार

काठमाडौंको भृकुटी मण्डपमा आज एमालेको शक्ति प्रदर्शन

Uml-sachiwalaya-baithak

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेले आज काठमाडौंको भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ । युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ ।

‘लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्दैछौं । सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी बक्ताहरुले कुरा राख्नेछन्’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन् ।

 

उनका अनुसार सांस्कृतिक प्रदर्शन, बक्ताहरुको भनाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन मार्फत् लोकतन्त्रबारे विमर्श हुनेछ । एमालेले युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्व बुझाउनकै निम्ति आयोजना गरेको छ ।

सभा दिउँसो १ बजेबाट सुरू हुनेछ ।