
सुनाखरी न्युज/ काठमाडौं ।
राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।राप्रपाले आज बिजुलीबजार क्षेत्रमा प्रदर्शनको कार्यक्रम राखेको थियो । राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरु भने सिंहदरबारस्थित पार्टी दलको कार्यालयमा थिए । त्यसपछि उनीहरुले तीनकुने घटनाको छानबिन र सोही घटनापछि पक्राउ परेका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई रिहा गर्न माग गरेर लेखिएका पम्प्लेट बोकेर दक्षिण गेटबाट बाहिर निस्किन खोजेका थिए । प्रहरीले भने पम्प्लेट खोसेर उनीहरुलाई नियन्त्रणमा लिएको छ ।