२०८२ फाल्गुन २५ , सोमवार

नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा ओमानसँग खेल्दै

icc

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ ।

नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुवात गरेको थियो । ओमानले भने हिजै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो ।

खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

 

 

आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने छ ।