२०८३ बैशाख २३ , बुधवार

काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम

e287d1aa-fb48-436c-a264-f713a0326c5f_VHJnONe0UZ

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले आइतबार  (चैत ३ )  देखि कर्मचारीहरूका लागि नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम सुरू गरेको छ । सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत सुरु गरेको तालिम हरेक दिन अपराह्न ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा हुनेछ ।

तालिम सुरु गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, भाषालाई घरमा प्रयोग गरिएन भने समाजबाट हराउने बताउँदै महानगरपालिकाले आफ्नो घर ( कार्यालय)  मा यसको प्रयोग गरेपछि समुदायमा पनि भाषाको प्रभाव बढ्दै जाने धारणा राखे । महानगरपालिकासँगै स्थानीयवासीले घरमा पनि नेपाल भाषाको प्रयोगलाई बढाउनु पर्नेमा उनको जोड थियो ।

लिपि लेखन मात्र नभई महानगरपालिकाको पहिचान भएकोले यसलाई सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याएको विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । ‘हरेक विभागका २ जना अनिवार्य हुने गरी अहिलेका लागि लेख्य सिपसँग सम्बन्धित विषयमा तालिम सञ्चालन गरिएको छ । यसपछि कथ्य सिप विकासको तालिमलाई निरन्तरता दिइनेछ ।’ राईले योजना सुनाइन् । तालिममा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सिप ( क्यालिग्राफी) र हस्तलिखित दस्तावेज अध्ययन गर्न सिकाइनेछ ।