२०८२ फाल्गुन २६ , मंगलबार

यी चीजको साथमा भूलेर पनि सेवन नगर्नुहोस् मह, विष समान हुन्छ

honey

सुनाखरी न्युज/ काठमाडौं । 

मह एक राम्रो आयुर्वेदिक औषधि हो। कयौँ रोगहरूको अचूक उपचारको रूपमा यसको प्रयोग गरिन्छ । यो भिटामिन ए, बी, सी, सोडियम, फोस्फोरस, आयोडिन, आइरन, क्याल्शियम, कपर, म्याग्नेशियम आदि खनिजहरू र पोषक तत्वहरूको भरिपूर्ण भण्डार हुन्छ । महको सेवन लाभदायक हुन्छ तर केही चीजको साथमा यसको सेवन स्वास्थ्यको लागि हानिकारक पनि हुन्छ । आयुर्वेदमा महको सेवनले यस कुरालाई पूर्ण निषेध गर्छ कि कुन चीजहरूको साथमा महको सेवन गर्नुहुँदैन अन्यथा यो स्वास्थ्यको लागि विषको रूपमा प्रतिक्रिया देखाउन थाल्छ ।

संगीतकार सुरेश अधिकारी गत सोमबार बिहान अचानक बिरामी परे । ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएर स्वास्थ्य लाभ गरेका अधिकारीले अस्पतालबाट डिस्चार्ज भएपछि बिरामी पर्नुको कारणबारे खुलाए, ‘तातोपानीमा मह मिसाएर खाएको थिएँ, एक्कासि मुटुको धड्कन हरायो । र, अस्पताल नै भर्ना हुनुपर्‍यो ।’ महले ज्यानैसम्म जानसक्ने चिकित्सकले सुनाएको अधिकारीले बताएका छन् । ‘अस्पतालमा डाक्टरको कुरा सुन्दा मामला सोचेभन्दा बढी गम्भीर भएको थाहा भयो,’ सामाजिक सञ्जालमा अधिकारीले लेखेका छन्, ‘लेकाली लालीगुराँसको रसबाट माहुरीले सङ्कलन गरेको मह सेवनबाट धेरैले ज्यान गुमाएका छन् भन्ने अनुभव डक्टर साबसँग रहेछ।’

यसकारण कुन – कुन चीज महको साथमा सेवन गर्न हुँदैन, जसको बारे यहाँ चर्चा गरिएको छ।

– तातो पानीको साथ मह

मह प्रायजसो तातो या मनतातो पानीको साथमा सेवन गर्ने सल्लाह दिने गरिन्छ तर यदि तपाई महको साथमा बढी तातो पानीको प्रयोग   गर्नुहुन्छ भने यो नोक्सानदायक हुन्छ । यसबाट शरीरको तापमान बढ्छ र पेट खराब हुने जस्ता समस्या हुनसक्छ ।

-घीउ या मक्खनको साथमा मह

घीउ या मक्खनको साथमा महको सेवन कहिलै गर्नुहुँदैन । यसले शरीरमा विषाक्त पदार्थको मात्रा बढाउँछ।

-मूलाको साथ मह

मह र मूला एकैसाथ खाने कोशिश कहिलै गर्नुहुँदैन । दुवैको सेवनमा लगभग एक घण्टाको अन्तर अवश्य राख्नुपर्दछ । वास्तवमा जब हामी   मह र मूला एकैसाथै खान्छौँ तब शरीरमा टोक्सिन्सको निर्माण हुनथाल्छ । यसको कारणले शरीरको भागमा नोक्सान पुग्ने खतरा बढ्छ ।

– तातो चीजको साथमा मह

महको प्रकृति गरम हुन्छ, यसकारण तातो चीजको साथमा यसको सेवन गर्नाले लूज मोशनको समस्या हुने खतरा बढ्छ । यसको साथै विभिन्न  किसिमको स्वास्थ्य समस्याहरू पनि उत्पन्न हुन्छ ।

– चियाको साथमा मह

बढीजसो मानिसको धारणा अनुसार, महको साथमा चिया या कफी सेवन गर्नाले रुघाखोकीको समस्याबाट आराम मिल्छ तर यसो हुँदैन ।  यसले शरीरको तापमानलाई अझ बढाउँछ, जसबाट तनाव, चिन्ता र निराशा बढ्छ ।