
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् ।शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।
‘इँटको जवाफ पत्थरले दिन माओवादी केन्द्र तयार छ,’ प्रचण्डले भनेका छन् । उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान गरे । पूर्वराजाको नाममा अहिले नौटंकी देखाइएको भन्दै अरुको भरमा नउचालिन उनले चेतावनी दिए ।
‘तिम्रा आसेपासेले तिमीलाई उचालेका छन् । विदेशीको एक दुई फोटो टाँस्दैमा फर्कन सक्छु भन्ने लागेको होे भने होसियार, तिम्रो दिवास्वप्न पूरा हुँदैन,’ उनले भने, किनभने मूर्ति चोर को हुन् रु नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा रु भाइमारा को हो रु आफ्नै वंश मास्नेले अहिले धाक लगाउन मिल्छ रु सुन तस्कर को हो रु नेपाली जनताले बिर्सियो भन्ने ठानेको रु’ आफू पहिलोपटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको स्मरण गर्दै भने, ‘पाँच वर्ष शासन गर्न पाएको भए भाइमाराहरूलाई कारागारमा कोच्ने थिएँ ।’ उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फाइल खोलेर त्यसका दोषीहरूलाई ठेगान लगाउने म आफूलाई रहेको पनि उल्लेख गरे । ‘भाईमारा र देशद्रोहीहरूलाई ठेगान लगाउने मन थियो,’ ‘प्रचण्ड’ले भनेका छन् ।