२०८२ चैत्र १ , आइतवार

सरकार जनताप्रति जिम्मेवार बन्न सक्नुपर्छः सांसद दाहाल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सांसद लेखनाथ दाहालले सरकार जनताप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उहाँले सरकारले जनताप्रति जिम्मेवार भएर जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “सरकारले जनताको मन जित्ने गरी काम गर्न सकेकै छैन । भ्रष्टाचारक गर्नेलाई कारवाही गर्न सकेको छैन,” सांसद दाहालले भन्नुभयो, “सार्वजनिक संस्थाहरु घाटामा छन् । तर नाफामा पु¥याउने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरुत्साहित गराउने काम किन भइरहन्छ ?” सांसद दाहालले नेपालमा राजसंस्थाको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको घोषणा भई सङ्घीय लोकतन्त्रको अभ्यासमा उभिएको बताउनुभयो । “सरकारलाई खबरदारी गर्न प्रतिपक्षी दलहरु एकै ठाउँमा छौँ । भ्रष्टाचार नियन्त्रणको मुद्दालाई केन्द्रमा राखेर सुशासन कायम राख्न लागिपरेको छौँ,” उहाँले भन्नुभयो, “सरकार जनताप्रति जिम्मेवार बन्न सकेको छैन ।” पछिल्लो समय राजावादीहरु सलबलाइरहेको उल्लेख गर्दै सांसद दाहालले यसलाई विषयकरण गर्न जरुरी नरहेको बताउनुभयो । “जनता र राज्यको हितमा सहकारी ऐन ल्याउनुपर्छ,” उहाँले भन्नुभयो ।

रासस