२०८२ फाल्गुन २८ , बिहिवार

मधेशका गृहमन्त्री लेखीको सुरक्षामा खटिएका असईको मृत्यु

death

सुनाखरी न्युज/ काठमाडौं ।

मधेश प्रदेश सरकारका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक ( असई) को मृत्यु भएको छ । आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी )  शान्ति राज कोइरालाले जानकारी दिए।

थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।