२०८२ चैत्र १ , आइतवार

राप्रपाको चेतावनी : ‘२५ गतेको भिड ‘ट्रायल’ मात्रै हो, लुक्ने ठाउँ खोज्दै गर्नू’

roshani

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) सांसद रोशन कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताएकी छिन् ।मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने क्रममा उनले अरु ७३ जिल्लाका मान्छे यसैगरी उत्रिएको खण्डमा गणतन्त्रका नेताहरूलाई लुक्ने ठाउँ समेत नहुने बताइन् ।

सांसद कार्कीले भनिन्,‘एक जना मित्रले के भन्नुभयो भने राजाको जयजयकार गरेको र नेताहरू जिल्लामा जाँदा मुर्दावाद भनेको उहाँले सुन्नुभएको थिएन होला । मित्र यो त ट्रायल मात्रै हो । अरु जिल्लाका मान्छे थपिए, अर ७३ जिल्लाका मान्छे थपिए भने त्यो देखेर नआत्तिनुहोला। लुक्ने ठाउँ अहिले नै खोजेर बस्नुहोला ।’

उनले त्यतिबेला लुक्ने ठाउँ अहिले नै खोजेर बस्न समेत आग्रह गरिन्। वर्तमान सरकारको नालायकीका कारण २५ गतेको भिड जन्मिएको उनको भनाइ छ ।