
सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित भाडगाउँबाट प्रहरीले पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपािलका–२० घर भएका सुदन जोशी छन् ।
प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वको टिमले गएराति उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो । आरोपीको साथबाट प्रहरीले १० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको छ ।