२०८२ चैत्र ३ , मंगलबार

ब्यालेन्स र डाटा बिना नै चल्ने भयो खल्ती एपु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले एन्सेल सँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ। यस नयाँ सुविधा अन्तर्गत एन्सेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा पनि अनि डाटा नहुँदा पनि निस्फिक्री Khalti चलाउन सक्ने भएका छन् । निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा मार्फत सजिलै आफ्नो एन्सेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्न सक्नेछन् । यसका सँगसँगै पहुँच भएका प्रयोगकर्ताहरूलाई पनि इमर्जेन्सी परेको बखत यो सुविधा धेरै नै उपयोगी ठहरिन सक्छ।

यस सुविधाले सजिलै डाटा प्याक खरिद गरी इन्टरनेट पहुँच प्रदान गर्दछ भने सो इन्टरनेट मार्फत खल्तीमा रहेका साधा जनजीवनमा प्रयोग हुने बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधा को भुक्तानी, रेमिटेन्स, स्क्यान यान्ड पे देखि लिएर मुभी, इभेन्ट, प्जबतिष् Khalti Quiz जस्ता इनोभेटिफ सेवा सम्मको सुविधा प्रयोग गर्ने पाउनेछन्। यसका साथै एन्सेल र खल्तीको सहकार्यमा हरेक आइतबार (फागुन 2 र चैत्र ३० मजेदार उपहारको साथ फायर सेल्स घोषणा गरिएको छ। उक्त दिनहरूमा खल्तीबाट एन्सेलको डाटा वा भ्वाइस प्याक खरिद गर्ने प्रयोगकर्ताले थप डाटा र भ्वाइस (सबैजना 100% पक्का , एयर बड (2 जनालाई, एक जोडा फिल्म टिकट (20 जनालाई र 5 अप्रिलमा हुन गइरहेको जेमसन पाटन फेस्टको भिआइपी टिकट ( 2 जनालाई० जित्ने मौका पाउनेछन् ।

खल्तीका युजर हेड रौनक मुखियाले भन्नुभयोः
“एन्सेल सँगको यस सहकार्यले खल्तीको हरेक नेपाली माझ, नेपालको हरेक कुना काप्चामा डिजिटल पहुँच पुराउने डिजिटल समावेशीको नारालाई एक नयाँ डाइमेन्सन दिनेमा हामी सबै विश्वस्त छौँ। यस सुविधाका बारेमा हरेकलाई जानकारी दिन र यस सुविधाको अधिकतम लाभ उठाउन हामी सबैलाई आग्रह गर्दछौँ । अब डिजिटल भुक्तानीका लागि खल्ती सधैँ रहनेछ अन् ।”

ISO २७००१: २०१३ बाट मान्यता प्राप्त साथैWITSA Global Innovation & Tech Excellence Awards २०२२, देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३,2024 (लगातार २ वर्ष र अनवरत रूपमा डिजिटल कारोबारमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको नवौँ वर्षमा छ। खल्तीमा देशभरिका ५० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ(कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ। खल्ती एप www.khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि, कृपया – सौगात सापकोटालाई कबगनबत saugat.sapkota@khalti.com मा सम्पर्क गर्नुहोला ।