
सुनाखरी न्युज/ काठमाडौं ।
उच्च जीवनस्तर, प्रगतिशील नीतिहरू, र बलियो लोकतान्त्रिक संस्थाहरूका लागि परिचित फिनल्यान्ड, युरोपको एक शान्त र उन्नत देश हो। फिनल्यान्डमा बिषेशत चार वटा राष्ट्रिय निर्वाचन हुने गर्दछ। संसदीय चुनावका अलावा क्षेत्रीय र नगरपालिका चुनाव प्रत्येक चार वर्षमा हुन्छ भने राष्ट्रपतिको चुनाव प्रत्येक छ वर्षमा एक पटक गरिन्छ। यी तिनै चुनावहरु अप्रिल महिनाको पहिलो वा दोश्रो आइतबार गरिन्छ। यसका अलावा फिन्ल्याण्डमा प्रत्येक पांच वर्षमा युरोपियन संसदको चुनाव हुने गर्दछ।
फिनल्याण्डमा हुने स्थानिय निर्वाचन अझ विशेष हुने गर्दछ किन भने फिनल्याण्डले गैर आवासिय नागरिकहरुलाई पनि स्थानिय निर्वाचनमा मतदान गर्ने अधिकार प्रदान गरेको छ। स्थानिय निर्वाचनमा फिनल्यान्डका नागरिकहरूका अलावा युरोपियन युनियन ९भ्ग्०, आइसल्यान्ड, र नर्वेबाट आएका स्थायी बासिन्दाहरूका साथ( साथै चुनावको मितिले कम्तीमा दुई वर्ष अघिसम्म फिनल्यान्डमा बसेका जो कोहिले मताधिकार प्राप्त गर्दछन्।
बहुदलिय राजनीतिक प्रणालि अन्तर्गत चल्ने फिनल्याण्डको चुनाव समानुपातिक प्रतिनिधित्व प्रणालीका आधारमा संचालित हुन्छ। विभिन्न राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारलाई नगरपालिका परिषद्का लागि प्रतिष्पर्धा गर्ने अवसर प्रदान गर्ने स्थानिय निर्वाचन प्रत्येक चार वर्षमा आयोजना हुने गर्दछ।
फिनल्यान्ड बहुदलीय प्रणाली अन्तर्गत सञ्चालन हुन्छ, र स्थानीय चुनावहरूले नगरपालिका स्तरमा प्रतिनिधित्व सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। यी चुनावहरू समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत सञ्चालन गरिन्छ, जसले विभिन्न राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारहरूलाई नगरपालिका परिषदका सिटहरूका लागि प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्छ।
फिनल्याण्डमा नेपाली हरुको संख्या उल्लेख्य रुपमा बढ्दै गएको पाईन्छ । ८० को दशकबाट नेपालीहरु फिनल्याण्डमा बसोबास गर्न सुरु गरेको देखिन्छ । विगतका केहि वर्षहरुमा विद्यार्थीका रुपमा फिनल्याण्ड आउनेको संख्या पनि वृद्धि भैरहेको छ । हालका केहि वर्षमा विद्यार्थीहरुसंग पारिवारीक भिसामा आउने नेपालीहरुको संख्यालाई हेर्ने हो भने नेपाली समुदाय सवैभन्दा बढी आउने आप्रवासीको रुपमा पर्दछन । २०२४ को तथ्यांक अनुसार फिनल्याण्ड भरी लगभग १२ हजार नेपाली रहदै आएका छन् भने सबैभन्दा बढी राजधानी केन्द्रित हेलसिंकी, एस्पो, र भान्तामा वसोबास गर्दछन ।
यी चुनावहरू विभिन्न नगरपालिकाहरू, जसमध्ये हेलसिंकी, एस्पो, र भान्तामा जस्ता व्यस्त महानगरीय क्षेत्रहरू समेत पर्छन्, त्यहाँका बासिन्दाहरूलाई प्रत्यक्ष रूपमा असर गर्ने नीतिहरू निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्।
फिनल्याण्डको हेलसिंकी र भान्तामा यो पटकको निर्वाचनमा नेपाली मुलका प्रतिनिधिहरुले पनि आफ्नो समुदायलाई परतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएको छ। भान्ताबाट शेखर आचार्यले आफ्नो प्रतिनिधित्व यहाँको सोसियल डेमोक्रेटिक पार्टीबाट दिनुभएको छ भने हेलसिंकीबाट कृष्ण रेग्मीले उम्मेद्वारी दिनुभएको छ ।
दुवैजना उम्मेद्वारहरुको मूल उद्देश्य आफ्नो समुदायको नीतिगत तहमा प्रतिनिधित्व गर्नु र साथसाथै आफ्ना समुदायमा केन्द्रित भई विविध सामाजिक तथा साँस्कृतिक विषयहरुमा आवाज उठाउनु हो ।
आप्रवाशीहरु लक्षित रोजगारीका समस्याहरु, आवासका समस्याहरु तथा फिनल्याण्डमा सामाजिक रुपमा घुलमिल हुनका लागि चाहिने भाषा, तथा अन्य सिपमुलक कार्यक्रमहरुमा सहज पहुँचको लागि आवश्यक काम कार्यवाही गर्नु उहाँहरुको मूल उद्देश्य रहेको छ।
नेपाली मुलका आप्रवाशीहरुको स्थानीय निर्वाचनमा सहभागीताले नेपालीहरुलाई नीतिगत तहमा आफ्नो उपस्थिति जनाउन मद्दत गर्दछ । साथसाथै, यो चुनावमा सफल भएको खण्डमा स्थानीय तहमा प्रतिनिधित्वको सुनिश्चितता सहित राजनितिक रुपमा स्थापित गराउनलाई महत्वपुर्ण भुमिका खेल्दछ।
अतस् माथि उल्लेखित भान्ता र हेलसिंकीको स्थानीय चुनावमा प्रतिनिधित्व गर्नुहुने नेपाली मूलका प्रतिनिधि शेखर आचार्य र कृष्ण रेग्मीले फिनल्याण्डको सो क्षेत्रमा बसोबास गर्ने नेपाली मूलका मतदाता तथा सो क्षेत्रका स्थायी वासिन्दाहरुलाई मतदान गर्न समेत अनुरोध गर्नुभएको छ।