२०८२ फाल्गुन २९ , शुक्रवार

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गरिँदै, यस्ता छन् उदेश्य !

Sarat Singh Bhandari

सुनाखरी न्युज/ काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम बजारमा देखिएको खाडललाई सम्बोधन गर्न फागुन २६ र २७ मा काठमाडौंमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । सम्मेलनमा श्रम क्षेत्रका विज्ञ र सरोकारवाला पक्षले भन्ने र सरकारले सुन्ने नीति लिइएको छ ।

रोजगारी सिर्जनाका लागि नीति र कानुनमा सुधार गर्न सम्मेलन गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।

‘हामीसँग उपलब्ध श्रमशक्तिको यथोचित उपयोग गर्न सकिएको छैन । मुलुकको आर्थिक र सामाजिक उन्नतिका लागि सिर्जनशील ढंगले रोजगारी सिर्जना गर्ने क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ,’ श्रम मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र पुँजीको यथोचित प्रयोग गर्न जरुरी छ । यी सबै विषयमा नयाँ ढंगबाट बहस गरी सुझाव लिन सम्मेलन गर्न लागिएको हो ।’

उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार खोज्न सम्मेलनले दिशानिर्देश गर्ने मन्त्री भण्डारीको भनाइ छ ।