२०८२ फाल्गुन २८ , बिहिवार

20 जना नेपाली नागरिकहरूलाई राजदूतावासले उद्धार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आकर्षक रोजगारीको प्रलोभनमा पारी पलाउ भन्ने मुलुकमा रोजगारीका लागि पठाउन जनवरी २४ द्दण्द्दछ मा भारतको नयाँ दिल्ली हुदै थाइल्याण्ड ल्याई अलपत्र पारिएका 20 जना नेपाली नागरिकहरूलाई राजदूतावासले उद्धार गरी आज फागुन 23, 2081 नेपाल फर्काइएको छ। नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानुन विपरित छिटो धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि मुलुकमा बैदेशिक रोजगारीका लागि नआउन राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ । साथै, आमसंचार तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन नेपाली राजदूतावास बैकक हार्दिक अनुरोध गर्दछ।