२०८२ फाल्गुन २८ , बिहिवार

महानगरपालिकाले भूमिपूजा रोक्न खोज्दा लेकसाइड तनावग्रस्त

kotihome-lakeside-jhadap

 

सुनाखरी न्युज/ काठमाडौं ।

कोटीहोम आयोजकले गर्न लागेको भूमिपूजा पोखरा महानगरपालिकाले रोक्न खोजेपछि तनाव उत्पन्न भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले आज बिहानका लागि भूमिपूजा गर्ने साहित निकालिदिएको थियो । लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो । झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् ।अनुमति बिनै कोटीहोमको प्रक्रिया अघि बढाइएको भन्दै महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको थियो।

आज तय भएको साइतमै भूमिपूजा गर्न लागेको र त्यसलाई नगर प्रहरीले रोक्न खोज्दा झडप भएको थियो। झडपपछि लेकसाइड क्षेत्र तनावग्रस्त बनेको छ। झडपका क्रममा कोटीहोम पक्षका केही व्यक्ति घाइते भएको बताइएको छ।अनुमति बिनै कोटीहोमको प्रक्रिया अघि बढाइएको भन्दै महानगरले बिहानैदेखि नगर प्रहरी परिचालन गरेको थियो ।  झडपपछि लेकसाइड क्षेत्र तनावग्रस्त बनेको छ । झडपका क्रममा कोटीहोम पक्षका केही व्यक्ति घाइते भएको बताइएको छ ।