२०८२ फाल्गुन २४ , आइतवार

गायक रुद्रसेन विश्वकर्माको होली विशेष नयाँ गीत ‘होली सररर’ सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गायक रुद्रसेन विश्वकर्माले होली विशेष नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत फागुन २२ गते युट्युबमा रिलिज गरिएको हो । गायकले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको यस गीतमा रमाइलो लय तथा तराई-मधेसको होली पर्वलाई झल्काउने शब्द समावेश छन् । गीतमा संगीत र शब्द स्वयं गायककै रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् । म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक स्वयंको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन ओम प्रसाई, सम्पादन अमृत चापागाईं र नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । गायक रुद्रसेन भन्छन्, “यो गीतले होलीको माहोललाई अझै रोमाञ्चक बनाउनेछ ।”