२०८२ चैत्र २ , सोमवार

बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरीको संयुक्त बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लबमा आइतबार संयुक्त बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का म्युजिसियनबाट संयुक्त रूपमा उक्त कन्सर्ट सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट क्याप्टेन भ्कतजभच ज्बथभक समेतको टोलीद्वारा विभिन्न सुमधुर धुन प्रस्तुत गरिएको थियो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवर र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट क्याप्टेन भ्कतजभच ज्बथभक बीच कृतज्ञताको चिनो आदानप्रदान भएको थियो ।

वि।सं।२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रूपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।