२०८२ चैत्र २ , सोमवार

राससका पूर्व वरिष्ठ सम्पादक मिश्रको निधन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय समाचार समिति (रासस) का पूर्व वरिष्ठ सम्पादक मोहिनी मिश्रको ५६ वर्षका उमेरमा ‘क्यान्सर’ रोगबाट निधन भएको छ । ललितपुर महानगरपालिका वडा १८ निवासी समाजसेवी मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । उहाँ विगत दुईवर्षदेखि पेट सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । मिश्रका एक छोरा हुनुहुन्छ । नेपाल प्रेस युनियन रासस शाखाको पूर्व अध्यक्ष र नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखामा पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकास लिनुभएको थियो । उहाँले राससमा दुईदशकभन्दा वढी सेवा गर्नुभएको थियो । आजै पशुपति आर्यघाटमा मिश्रको अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

रासस