२०८२ फाल्गुन २९ , शुक्रवार

प्रि-मनसुन सुरुः कम पानी परेरै सकियो हिउँद

pre mansoon

सुनाखरी न्युज/ काठमाडौं ।

यो वर्षको प्रि–मनसुन सुरु भएको छ । नेपालमा ‘विन्टर’ अर्थात् हिउँदयाम सकिएर ‘प्रि–मनसुन’ सुरु भएको हो ।तीन महिने प्रि– मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहित वर्षा हुने वरिष्ठ मौसमविद्ले बताइन् । ‘हामीले मार्च, अप्रिल र मेलाई प्रि–मनसुन भन्ने गरेका छौँ,’ उनले भनिन्, ‘मार्च १ तारिखबाट प्रि–मनसुन लागेपछि साँझ पाखा स्थानीय प्रणालीबाट एक्कासि बादल बनेर मेघ गर्जन हुने, चट्याङ र हावाहुरीसहित वर्षा हुने हुन्छ ।

’उनका अनुसार अब बिस्तारै अधिकतमरन्यूनतम तापक्रम बढ्दै जान्छ । जाडोयाम सकिए लगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय सुरु भएको मौसमविद् मानन्धरले बताइन् । तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने उनले बताइन् । उनका अनुसार प्रि–मनसुन अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागका केही स्थानमा फाट्टफुट्ट वर्षा हुने सम्भावना हुन्छ ।