२०८२ चैत्र १ , आइतवार

राप्रपा रौतहटको विस्तारित बैठक राप्रपा पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको छ

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

आन्दोलनको तयारीमा रहेको राप्रपा ले रौतहटमा विस्तारित बैठक सम्पन्न गरेसंगै आन्दोलनको तयारी समेत गरेको छ। बैठक लाई सम्बोधन गर्दै राप्रपा पुर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले मुलुक राजनीति रुपमा धुर्विकरण हुदै गएको र मुलुकको परिस्थिति सहज नरहेको समेत वताउनु भएको छ।उहाले प्रजातन्त्र दिवसको अवसरमा राजाले दियको सन्देशले मुलुकको राजनिती तरंगित बनायको र हामिले यो सन्देश लाई स्वागत समेत गरेको बताउदै अब चाडै राप्रपाले गर्ने आन्दोलनको निर्देशन कुर्न समेत वताए। राजाको अभिव्यक्ति लाई लियर पुर्व प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई ले गरेको टिप्पणी प्रति उनले कटाक्ष गर्दै तागत भय राजालाई हैन हामिलाइ जेल हाल्न भन्दै चेतावनी समेत दियका छन। राजाको सन्देश आफुले अन्तरआत्मा ले नै स्विकार गरेको र सो सन्देश मुलुक को राजनैतिक संकट निवारण को निमित कोषेढुगां सावित हुने वताउदै वर्तमान सत्ताधारी दलहरुले नमाने हामिले सडक संघर्ष वाट नै राजसंस्था स्थापना हुने उहाले वताउनु भएको छ। आर्थिक रुपमा देश टाट पल्टने अवस्थामा पुगेको र अब बचाउन सकियन भने ठुलो संकट आउने समेत उहाले वताउनु भयो । कार्यक्रम लाई मधेस प्रदेशका अध्यक्ष भरत गिरि,मधेश विभाग अध्यक्ष राम प्रताप साह लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्नु भएको थियोे।