
सुनाखरी न्युज/ काठमाडौं ।
इसेवाले नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा चाडपर्वको हर्षलाई थप उत्साहजनक बनाउने उद्देश्यका साथ ल्याएको इसेवा महा–उत्सव अफरको बम्पर उपहार नामीको कार हस्तान्तरण गरेको छ । विजया दशमीदेखि छठ पर्वसम्म करिब दुई महिनासम्म चलेको यस अफरमा इसेवाबाट कुनै एक कारोबार गर्ने भाग्यशाली प्रयोगकर्तालाई बम्पर उपहार स्वरुप नामी कम्पनीको नयाँ इलेक्ट्रिक कार जित्ने मौका थियो । बम्पर उपहार विजेता हुन सफल भएका रवि बम्जनलाई आज एक औपचारिक कार्यक्रम गरी इसेवाका प्रमुख रणनीतिक अधिकारी श्री रवि शाक्य र फाइनान्स प्रमुख श्री सरोज कुमार घिमिरेद्वारा कार हस्तान्तरण गरिएको थियो । इसेवाको यो अफर २०८१ सालको असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म चलेको थियो। हरेक कारोबारमा कार जित्ने मौकासँगै रु. १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई iPhone 16 जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि को बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई ६५ इन्चको टिभी जित्ने मौका पनि रहेको थियो ।
दैनिक फ्ल्यास सेल र साप्ताहिक हट डिल्स यस इसेवा महा–उत्सवमा थप आर्कषणका केन्द्र रहेको थियो भने इन्टरनेट बिल भुक्तानी गर्नेहरुका लागि iPhone 16 जित्ने मौका समेत समावेश थियो । नामी कार विजेता रवि बम्जनले आफुले कार जित्ने कुरा कहिले नसोचेको र इसेवाबाट उक्त जानकारी पाउँदा सुरुमा त विश्वास नै नगरेको, तर पछि इसेवाको आधिकारीक पेज मार्फत सो बारे समाचार तथा विज्ञप्ती देखे पछि मात्र विश्वास भएको बताए । सोही कार्यक्रमको क्रममा बम्जनले यस जितले आफ्नो जिवनमा स्तरोन्नती हुने भएकोमा खुशी व्यक्त गर्दै इसेवालाई धन्यवाद ज्ञापन समेत गरेका थिए । इसेवाबाट बिजुली तथा खानेपानी भुक्तानी, टपअप जस्ता विविध भुक्तानी सेवाहरुले उनको जिवनलाई सहज बनाउँदै आएको र उनी जस्तै लाखौं मानिसहरुको जिवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोले खुसि व्यक्त गरेका थिए ।
इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले पनि उक्त कार्यक्रममा नामी कार हस्तान्तरण गर्दै विजेता रवि बम्जनलाई बधाई दिएका थिए । उनले यस अवसरमा ग्राहकहरुको सहजता, सन्तुष्टि र वित्तीय सुरक्षा नै इसेवाको प्राथमिकता रहेको बताए भने इसेवा सदैव डिजिटल नेपालको लागि कार्यरत रहि, आवश्यता अनुसार नविनतम सेवाहरु थप गर्दै सबै–सधैं–सँगै एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढ्ने कुरामा समेत प्रमुख रणनीतिक अधिकारी शाक्यले जोड दिएका थिए । नेपालको पहिलो तथा अग्रणि डिजिटल वालेटको रुपमा स्थापना भएको इसेवाले नेपालको ७७ वटै जिल्लामा सेवा प्रदान गर्दै आएको छ। शहरी क्षेत्रहरूमा मात्र सिमित नभई उपत्यका बाहेकका विभिन्न क्षेत्रहरूमा सेवा प्रदान गर्न हाल देशभर इसेवाका ८ वटा शाखा कार्यालय तथा ३ वटा सम्पर्क कार्यालयहरू छन् । प्ले स्टोरमा १ करोड डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट इसेवामा १ करोड भन्दा बढी ग्राहकहरू, २,७०,००० भन्दा बढी आधिकारिक प्रतिनिधीहरुका साथै ४९ वटा बैंकहरू, ४५ वटा माइक्रोफाइनान्स संस्थाहरू र ५,००,००० भन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् ।