
सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको बताएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले यस्तो बताएका हुन् ।‘एकीकृत समाजवादीका लागि एमसीसी कहिलयै ठिक रहेन । हामीले कसरी मात्रै ठिक रहन्छ भन्नेमात्रै प्रश्न भनेका हौं । व्याख्यात्मक टिप्पणीमा पनि केही समस्या हुनसक्छन् । हामीले स्वीकार गर्छौं,’ उनले भने । एमसीसी संसद्बाट पारित भएकाले यसको अनुगमन पनि संसदीय रुपमै हुुनपर्ने कुरा आफ्नो पार्टीले सुरुदेखि नै भनिरहेको भूसालले बताए । तयसको लेखापरीक्षण लगायतका तमाम कुरामा हाम्रो रिजर्भेसन रहेको हो,’ भूसालले भने, ‘नेकपा एकीकृत समाजवादी संस्थागथ रुपमा एमसीसीको पक्षमा रहेन भन्ने कुरा हामी जानकारी गराउँछौं ।
रासस