
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली राजदूतावास, अबुधाबी, नेपाली समाज, युएई र गैरआवासीय नेपाली संघ, एनसीसी युएईलगायत अन्य संघ(संस्थाको सहयोगमा यही द्दद्द फेव्रुअरी २०२छ का दिन अबुधाबीबाट करिब ३ण्० कि।मी। पूर्वमा रहेको ँगवबष्चबज इमिरेट्समा श्रमिक सचेतना तथा राहदानी एवं कन्सुलर घुम्ति शिबिर कार्यक्रम सञ्चालन गरियो। उक्त घुम्ति शिबिरमा करिब घण्ण् भन्दा बढी नेपालीहरूलाई नेपाल तथा युएईका विद्यमान श्रम कानूनका विषयहरूमा अद्यावधिक जानकारी उपलब्ध गराईएको थियो। उक्त घुम्ति शिविर कार्यक्रममा नेपाल सरकारले हालका दिनमा श्रम(सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयहरू ( सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, नेपाली राजदूतवास, युएईबाट नै पुनः श्रम स्वीकृति उपलब्ध गराउने सम्बन्धी व्यवस्था र वित्तीय साक्षरता लगायतका विविध विषयमा सचेतनामूलक जानकारी प्रदान गरिएको थियो। उक्त घुम्ति शिविरमा फूजैरहा इमिरेट्स र सोको आसपास रहनु भएका द्दज्ञट जना नेपालीहरुको राहदानी नवीकरण कार्य सम्पन्न गरिएको थियो।
युएईमा कार्यरत नेपालीहरुको संख्या करिब ६ लाख रहेको र नेपालीहरु युएई आउने क्रम निरन्तर बढिरहेको अवस्थामा दूतावासले नेपालीहरुको सेवा र सुविधालाई मध्यनजर गरी उपलब्ध स्रोतसाधनले भ्याएसम्म सेवा प्रदान गर्दै आएको छ। गत आर्थिक वर्षमा यस नियोगबाट द्धट,द्धण्ण् राहदानी जारी भएकोमा चालु आर्थिक वर्ष द्दण्डज्ञरण्डद्द को माघ मसान्तसम्म घण्,ण्ण्ण् नेपालीहरुको राहदानी जारी भैसकेको अवस्था छ। राहदानीको म्याद समाप्त भैसकेका, भिषाको म्याद समाप्त भैसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिहरुको राजदूतावासले प्राथमिकताका साथ राहदानी नवीकरण गर्ने गरेको व्यहोरा समेत जानकारी गराईन्छ। राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतावास सधैं क्रियाशील र कटिबद्ध रहेको छ। दूतावासले यसअघि पनि युएईका विभिन्न इमिरेट्सहरुमा घुम्ति शिविर सञ्चालन गर्दै आएको छ भने सार्वजनिक विदाका दिनहरुमा दूतावासमै विशेष काउन्टरहरु सञ्चालन गरेर राहदानी नवीकरण सेवा प्रदान गर्दै आएको छ। भविष्यमा आयोजना गरिने यस किसिमका कार्यक्रमहरूमा समेत युएईमा रहेका सम्पूर्ण नेपाली संघ(संस्था लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता तथा सहयोग रहने नेपाली राजदूतावास हार्दिक अपेक्षा गर्दछ।