२०८२ फाल्गुन २९ , शुक्रवार

विद्यार्थी नेपाल फर्किन थालेपछि खर्च बेहोर्ने भन्दै अभिभावकलाई इमेल लेख्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको तनावपछि कम्तीमा १११ जना नेपाली विद्यार्थी सीमा नाका हुँदै स्वदेश फर्किएका छन् । पूर्वीनाका काँकडभिट्टा हुँदै १६ र वीरगञ्ज नाकाबाट ९५ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएको छ । विद्यार्थीहरू स्वदेश फर्किन थालेपछि कलेजले चाहिँ अभिभावकलाई इमेल लेखेर उनीहरूको आउनेजाने खर्च बेहोर्ने भन्दै फिर्ता बोलाउने तयारी गरेको छ ।दिल्लीस्थित नेपाली दूतावासबाट कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीले कलेजका उपकुलपति प्रा.डा. सरञ्जीत सिंहसँग छलफल गरेका थिए । त्यसक्रममा सिंहले सबै नेपाली विद्यार्थीका अभिभावकलाई त्यसबारे जानकारी दिँदै इमेल लेख्ने तयारी गरिएको जानकारी दिएको शर्माले अनलाइनखबरलाई बताए ।‘अभिभावकहरूलाई विद्यार्थीको सुरक्षाप्रति चिन्ता छ, त्यसक्रममा विद्यार्थी घरसम्म पुगेका छन्’, उनले भने, ‘यसलाई कसरी सम्बोधन गर्ने तयारी छ भनेर सोध्दा उहाँले यो प्रस्ताव सुनाउनु भएको थियो, कलेज प्रशासनले अहिले हामीलाई सहयोग गरिरहेको छ ।’