२०८२ फाल्गुन २७ , बुधवार

सुनसरीको कोशी गाउँपालिका देखियो बर्डफ्लु

Bird-flu

सुनाखरी न्युज/ काठमाडौं ।

सुनसरीको कोशी गाउँपालिकामा बर्डफ्लु पुष्टि भएको छ ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले  गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि भएको जनाएको हो ।

 

बर्डफ्लु पुष्टि भएसँगै कृषि मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।

मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकेको हो ।