२०८२ चैत्र २ , सोमवार

‘वासु रिमाल यात्री पुरस्कार’ सदरुल र थापालाई

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घले यस वर्षको ‘वासु रिमाल यात्री पुरस्कार’ मोहम्मद सदरुल र मैना थापालाई प्रदान गर्ने निर्णय गरेको छ । सङ्घको यही फागुन ४ गतेको बैठकले उहाँहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पवित्रा गुरागाईंले जानकारी दिनुभयो । थापा विसं २०४३ असार २५ गतेदेखि रासस केन्द्रीय कार्यालयमा कार्यरत हुनुहुन्छ भने सदरुल राससको कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख एवं वरिष्ठ समाचारदाताका रुपमा कार्यरत हुनुहुन्छ । स्व यात्री सङ्घका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँले राससबाट १०औँ तह (सम्पादक) बाट अवकाश लिनुभएको थियो । यात्रीका परिवारले उहाँको सम्झनास्वरुप स्थापना गर्नुभएको उक्त पुरस्कारको राशि जनही रु सात हजार सात सय ७७ छ । सो पुरस्कार राससको ६४औँ वार्षिकोत्सवको अवसरमा यही फागुन ७ गते प्रदान गरिने जनाइएको छ ।

रासस