
सुनाखरी न्युज/ काठमाडौं ।
HONOR X9b 5G को सफलतापछि, सेलट्रोन नेपाल प्रा। लि। ले “नेपालकै सबैभन्दा बलियो स्मार्टफोन” – HONOR X9c 5G ल्याउन लागेको छ। HONOR X9b 5G आफ्नो सेगमेन्टमा अब्बल सावित भएको थियो, जसमा 5800mAh को दीर्घकालीन ब्याट्री, 360-डिग्री एण्टी-ड्रप सुरक्षा, 108MP को क्लीयर क्यामेरा, आकर्षक डिजाइन र दमदार परफर्मेन्स थियो। 6.78 इञ्चको घुमाउरो AMOLED डिस्प्ले, 120Hz रिफ्रेश रेट र 1200-निट ब्राइटनेसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिएको थियो। HONOR ले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट HONOR X9c 5G बजारमा ल्याउन लागेको छ, जसमा मजबूती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको छ।