२०८२ फाल्गुन २५ , सोमवार

बाइकर्स क्याफेको “४०० रश’’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

४०० सीसी बाइक चालकलाई ध्यानमा राखेर बाइकर्सक्याफेले नगरकोटसम्मको एकदिने “४०० रश’’ को आयोजना गर्दैछ । “४०० रश’’ भोली शनिबार ७ः०० बजे नक्साल स्थित बाइकर्स क्याफेबाट सुरु हुँदैछ । त्यस यात्रामा ट्रायम्फ, एनएस, डोमिनार, केटिएम जस्ता बाइक चालकहरू मात्र सहभागी हुन सक्नेछन्। त्यसैगरी उक्त यात्रामा बाइक चालकहरूका लागि रोमाञ्चक खेलहरू, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न गिफ्टहरू र तीन पटक खानाको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सबैभन्दा रोमाञ्चक कुरा “४०० रश’’ मा सहभागी हुनेहरूले स्पीड फेस्ट २०२५ मा सामेल हुने विशेष अवसर पनि पाउने छन्। यो नेपालकै सबैभन्दा ठूलो बाइक महोत्सव हो, जहाँ सुपरबाइकहरू लगायत
रकहेड्स र द एलमेन्ट्सको लाइभ म्युिजक, टेस्ट राइडहरू, स्टलहरू, रमाइला खेलहरू जस्ता धेरै आकर्षक कार्यक्रमहरू हुनेआयोकले बताएका छन्। बाइकर्स क्याफेकाठमाडौँका बाईकिङ समुदायका लागि पर्यायवाची नाम हो । यस क्याफेले थुप्रै बाइक राइड र भेलाहरुको सफलतापूर्वक आयोजना गरिसकेको छ । “४०० रश’’ लाई पनि विशेष बनाउन प्रतिवद्ध रहेको क्याफेले जनाएको छ ।