२०८२ फाल्गुन २९ , शुक्रवार

मृत अवस्थामा फेला

death

सुनाखरी न्युज/ काठमाडौँ ।

मोरङ, बेलबारी नगरपालिका-३ पशु हटियास्थित हटियाको सटर छेउको पिडिमा पथरीशनिश्चरे भातेगौडा घर भएका ५० वर्षीय गोपाल बिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । लमजुङ, सुन्दरबजार नगरपालिका-९ घुमाउनेस्थित बेली कृषि फर्मको खोंचमा राईनास नगरपालिका-९ साउनेपानी घर भएका ४६ वर्षीय उमेश बिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् । पर्सा, ठोरी गाउँपालिका-३ ओडारस्थित ओडार खोलामा सोही गाउँपालिका-२ बर्मानगर बस्ने ७६ वर्षीय हस्त बहादुर श्रेष्ठ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
डोल्पा, ठुली भेरी नगरपालिका-३ जगत पुल नजिक ठुली भेरी नदीको किनारमा त्रिपुरासुन्दरी नगरपालिका-४ रंग घर भई ठुली भेरी नगरपालका-३ मेलसेरा डेरा गरी बस्ने २४ वर्षीय बिवश बुढा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रासस