२०८३ भदौ २१ , आइतवार

प्रेमले दुखाउँछ

Gyani

प्रसंशा तामाङ (ज्ञानी)-

प्रेमले दुखाउँछ–दुख्नु पर्छ अनि मजा हुन्छ
पीडा बिनाको जिन्दगी न पूरा हुन्छ न आधा हुन्छ
तिम्लाई भेट्न आतुर हुन्छन् सन्ध्याकालीन साँझहरु
अब त मैले बुझ्नुपर्छ तिमी कृष्ण म राधा हुन्छ ।

मलाई जस्तै उथलपुथल तिम्लाई भको भए
रहन सक्छौं र कसरी विफल भको भए
सोचे जस्तै भने जस्तै सायदै बन्ने थियो
हरेक पलको भेटपछि सफल भको भए ।

कसरी भनुँ म बेइमानहरुको मार परेको छ
तिमीले छाडेकै दिनबाट उपहार परेको छ
त्यही वखत तिम्रै साथीको प्रस्ताव आए पछि
स्वीकार गरु की नगरु म दोधार परेको छ ।

करकाबले चल्दैन मन नपरेपछि यो ज्यानले खादैन
म जस्तो छु ठीक छु बेकारको बायनले खादैन
चित्त नबुझ्ला भन्ने डर मनमा नलिए हुन्छ
मेरो मनले नखाए सम्म कसैको, वचनले खादैन ।

जस्तो थियो उस्तै छोड केही बोल्नु हुन्न
जेजे भयो पर्दा पछाडि त्यो झन् खोल्नु हुन्न
प्रेमले प्रेम बुझेको हो पीर हुँदैन स्थिर हुँदैन
सायद यस्तो बेला यस्तै हुन्छ भो सम्हाल्नु हुन्न ।

केही हुनलाई त केही भएको भय९डर०हुनुपर्छ
केही नभए दिल चोरीको सजाय हुनुपर्छ
मलाई बहकिन देऊ तिम्रो समीप हुँदासम्म
अरु बेला त माहोल अनुसार जायज हुनुपर्छ।।